kumari
stcnepal

आजको मौसम तराईमा हुस्सु र कुहिरो लाग्ने पहाडी भागमा आंशिक बदली हुने सम्भावना

काठमाडौं मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन् । महाशाखाले बिहीबार तराईका केही भू–भागमा हुस्सु र कुहिरो लाग्ने जनाएको छ भने पहाडी भू–भागको मौसममा आंशिक बदली रहने जनाएको छ ।

२०७९ मंसिर २९ गते (बिहीबार)

दिउँसोː गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीː लुम्बिनी प्रदेशका साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसो बाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।

footer