kumari
stcnepal

हुस्सुको कारण काठमाडौंको उडानहरु अवरुद्ध

आज काठमाडौं उपत्यका सहित देशका अधिकांश स्थानको मौसम बिग्रिएको छ । काठमाडौं सहित देशका पहाडी तथा तराईका भूभागमा हुस्सु तथा कुहिरोले ढाकेको छ ।

हाल नेपालको पूर्वी भूभागमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बिग्रिएको मौसमविद्हरुले बताएका छन् । काठमाडौं उपत्यकाको आकाश बिहान देखि हुस्सुले ढाकेको छ । जसका कारण उडानहरु अवरुद्ध भएका छन् । उडानहरु अवरुद्ध बन्दा यात्रा गर्नेहरुलाई भने असहज भएको छ ।

हुस्सु र कुहिरोका कारण काठमाडौंमा पनि जाडो बढेको छ । अहिले प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु\कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ ।

आगामी २४ घण्टामा तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले विभागको आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

footer