kumari
stcnepal

लामो समयपछि आज भेटिए १४ जना कोरोनाका संक्रमित, सावधान

काठमाडौं ।छिमेकी देश भारत लगायत चिनमा कोरोना देखिए सँगै नेपालमा पनि कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१९ पीसीआर परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । ५३८ एन्टिजेन परीक्षणमा कसैलाई संक्रमण देखिएको छैन। २४ घण्टामा जम्मा परीक्षण ८५८ भएको छ।

कोरोनामुक्त हुनेको संख्या शून्य छ । देशभर सक्रिय संक्रमितको संख्या २७ पुगेको छ।

footer