kumari
stcnepal

आजको मौसम हल्का बर्षा देखी हिमपातको संम्भावना

काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै भू-भागमा हुस्सु/कुहिरो लागेको अवस्था रहेको छ ।

२०७९ पुस १७ गते (आइतबार) दिउँसोː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू-भागमा हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

footer