kumari
stcnepal

आगामी ३ दिन अत्यधिक चिसो बढने, मर्निङवाक नगर्न विज्ञले दिए सुझाव

काठमाडौं ।आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने विज्ञहरूले बताएका छन् । विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै चिसोमा आवश्यक सावधानी अपनाउन आग्रह गरे ।

पछिल्लो २ दिनदेखि दिनयता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ। आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा सितलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरुले सुझाएका छन् । काठमाडौं उपत्यकामा प्रदुषण् बढ्दै गइरहेको र आख पोल्ने अवस्था देखिएको भन्दै सजगता अपनाउन वातावरणविदहरुले आग्रले गरेका छन् ।

जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको र आगामी ३ दिनसम्म देशको अधिकांश भागमा सितलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरे । चिसो अत्यधिक बढ्ने बेला बालबालिका, वृद्धवृद्धा, दिर्घरोगी, मुटुका रोगीहरुले बिहानको समयमा घरबाहिर निस्किनु ठीक नहुने बताए । चिसोको बेलामा मर्निङवाकमा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्न आग्रह गरे ।

उनले पश्चिम बंगालमा सिर्जना भएको न्युन चापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको उनको भनाइ छ ।

footer