kumari
stcnepal

कस्तो रहला आजको मौसम ?

काठमाडौं ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सु लागेको छ । दिउँसो गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली हुनेछ ।

बिहीबार प्रदेश १ को पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

footer