kumari
stcnepal

वाम एकताका लागि नेकपा एसले बनायो कार्यदल

वाम एकताका लागि नेकपा एकीकृत समाजवादीले कार्यदल गठन गरेको छ। आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले वाम एकताका लागि पहल र अगुवाई गर्न महासचिव बेदुराम भुसालको नेतृत्वमा कार्यदल गठन गरेको हो।

प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार महासचिव भुसाल नेतृत्वमा रहेको कार्यदलमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल पनि छन्।‘वाम एकताका लागि पहल र अगुवाई गर्न एक कार्यदल बनाइएको छ,’ उनले भने, ‘सबै वामपन्थी व्यक्ति र संस्था सँग छलफल गर्छौं।’

एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको अहिलेको सरकारलाई समर्थन गर्ने कि नगर्नेमा भने निर्णय गर्न सकेको छैन।

footer