kumari
stcnepal

तयार भयो सरकारको कार्यक्रम, नागरिकतालाई प्राथमिकता

काठमाडौं ।सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम तयार भएको छ । सात दलीय सत्ता गठबन्धनले गठन गरेको कार्यदलले सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम तयार गरेको हो । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको उक्त नीतिगत प्राथमिकता र कार्यक्रम शीर्ष नेतालाई पठाइएको छ । शीर्ष नेताले केही हेरफेर गरेर त्यसलाई सार्वजनिक गर्ने तयारी भएको कार्यदलका एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार सरकारको प्राथमिकताको पहिलो नम्बरमै नागरिकताको विषय रहेको छ । जसमा कुनै पनि नेपाली नागरिकले नागरिकता प्रमाणपत्र पाउन बाट र नागरिकता उपभोग गर्न बाट वञ्चित हुन नपरोस् भनेर सुनिश्चित गर्ने उल्लेख छ ।

यसका लागि सरकारले पूर्णता पाएको एक महिना भित्रै नेपाल नागरिकका सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्ने उल्लेख छ । संसद्को पहिलो अधिवेशन बाट नागरिकता सम्बन्धी अन्य समस्या समाधान गर्ने र एक वर्ष भित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने प्रतिबद्धता जनाइएको छ ।

footer