kumari
stcnepal

सबिधानको पालना गर्न प्रधानमन्त्री दाहाललाई माधव नेपालको सुझाव

काठमाडौं  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संविधानको पालना गर्न आग्रह गरेका छन् ।सोमबार शुरु भएको नवगगठित प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका अध्यक्ष नेपालले प्रधानमन्त्री तहबाटै संविधानको उल्लंघन हुने गरिएको विगतका घटना बाट पाठ सिकेर अगाडि बढ्न आग्रह गरे ।

संविधानको पालना र कानूनको कार्यान्वयन सरकारको पहिलो दायित्व रहेको बताउँदै राम्रै गर्ने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ थियो । भ्रष्ट्राचारी र राष्ट्रियता विरोधी गतिविधि गर्नेमाथि सरकारले कडा निगरानी र कारबाहकी दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले प्रम प्रचण्डलाई सफल कार्यकालको बधाइ शुभकामना दिए ।

उनले सरकार सँग आवश्यक बहुमत कायम रहेको बताउँदै सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे काम हेरेर निर्णय लिने बताए । युवा पंक्ति रोजगारका लागि विदेश पलायन हुने रोक्न र किसानलाई मल, बीउ अभावको समस्याबाट मुक्त गर्ने गरी काम गर्न सरकारलाई सुझाव दिए ।

footer