kumari
stcnepal

प्रधानमन्त्री दाहालले भोलीको संसदको बैठक बाट बिश्वासको मत लिने

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचना बारे जानकारी गराएका हुन ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा ‘२’ बमोजिम यही पुष १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा ‘४’ बमोजिम ३० दिनभित्र प्रतिनिधिसभा बाट विश्वासको मत लिनुपर्र्ने प्रावधानअनुसार उक्त विषय बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका थिए ।

ज्येष्ठ सदस्य जबराले मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रयोजनका लागि समय तोकेको जानकारी गराए ।

footer