kumari
stcnepal

राप्रपा नेपालले फरक ढंग बाट पृथ्वी जयन्ति मनाउने

काठमाडौं ।राप्रपा नेपालले केही फरक ढंग बाट पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने भएको छ । २०६३ सालमा तत्कालीन गिरिजाप्रसाद कोइरालाको सरकारले राष्ट्रिय एकता दिवस मनाउन छाडेपछि कमल थापा नेतृत्वको राप्रपा नेपालले प्रत्येक वर्ष पौष २७ गते पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवसको रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

राप्रपा नेपालले सो अवसरमा प्रत्येक वर्ष विभिन्न राजनीतिक दलका नेता, विदेशी राजदूतहरू र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई आमन्त्रित गरी वृहत् चियापान कार्यक्रम आयोजना गर्ने गरेको थियो। यस वर्ष राप्रपा नेपालले राजनीतिक दलका नेताहरू र कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई नबोलाउने तर समाजका विभिन्न वर्ग र पेसाका प्रतिनिधिहरूलाई आमन्त्रण गरी चियापान र विचार गोष्ठी गर्न लागेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

विगतमा राजनीतिक दलको रुपमा राप्रपा नेपाल एक्लैले मात्र राष्ट्रिय एकता दिवस मनाउने गरेकोमा केही वर्ष देखि नागरिक समाजको विभिन्न क्षेत्रबाट उक्त दिवस मनाउने लहर चलेको हुँदा राप्रपा नेपालले केही फरक ढंगबाट कार्यक्रम गर्न लागेको महामन्त्री बर्तौलाले बताए।

footer