प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस – एमाले बीचमा राजदूतमा भागबण्डा, कहाँ कसलाई ?

611
shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले राजदूतको नियुक्ति गर्न भागबण्डा मिलाएका हुन्।

सत्ताको नेतृत्व गरिरहेको एमालेबाट अमेरिका, चीन, बेलायत र रुसका लागि राजदूत नियुक्ति हुनेछन्। भने, कांग्रेसले भारत, अस्ट्रेलिया, जापान, साउदी अरबको राजदूत लिने सहमति बनेको एमाले निकट स्रोतले बतायो। स्रोतले भन्यो, ‘यी आठ देशको राजदूतमा दुई दलबीच सहमति भइसकेको छ, अब अरू रिक्त रहेका देशमा पनि चाँडै टुंग्याएर नियुक्ति गर्ने सरकारको तयारी छ।’ यसअघि एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदा ११ देशको राजदूत फिर्ता बोलाएको थियो। फिर्ता बोलाइएका अधिकांश कांग्रेसको कोटाबाट नियुक्त भएका थिए।

अहिले कांग्रेस र एमाले मिलेर सरकार बनेपछि माओवादी, नेकपा एसको कोटाबाट नियुक्ति भएका राजदूतलाई पनि फिर्ता बोलाएर सबै एकै पटक नियुक्ति गर्ने गरी गृहकार्य भइरहेको बताइन्छ। कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजदूत भागबण्डाको विषयमा छलफल भइरहेको बताए। उनले भने, ‘दुई दलबीच यो विषयमा छलफल भइरहेको छ। चाँडै टुंगिन्छ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports