kumari
stcnepal

आजको मौसम : मौसम बदली हल्का बर्षाको र हिमपातको सम्भावना

काठमाडौं ।मौसम पुन: बदली भएको छ । पश्चिमी वायुको प्रभावले आज बिहानै देखि मौसम आंशिक देखि सामान्य बदली भएको हो ।आज प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार पनि मौसम बदली हुनेछ । शुक्रबार प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

footer