kumari
stcnepal

लामो समय पछि काठमाडौंमा असिना सहितको हल्का बर्षा

काठमाडौँ । काठमाडौँमा आइतबार दिउँसो असिना सहित हल्का वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहानै पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको हो ।

मौसमविद् शान्ति कँडेलका अनुसार लामो समय निरन्तर वर्षा नभएर हल्का वर्षाको सम्भावना मात्रै छ । ‘पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यका सहित पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने देखिन्छ’, उनले भनिन्, ‘यो निरन्तर हुने अवस्था छैन । छिटपुट रुपमा कतै हुने र कतै नहुने देखिन्छ ।’

footer