kumari
stcnepal

आर्थिक सकटमा परेको पाकिस्तानलाई चीनले दियो ७० करोड डलर सहयोग

आर्थिक संकटमा परेको पाकिस्तानलाई उसको भरपर्दो साझेदार चीनले शुक्रवार ७० करोड डलर उपलब्ध गराएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष सँग वित्तीय सहायता सम्बन्धी वार्ता टुंगोमा पुग्नुअघि पाकिस्तानलाई अलिकति भए पनि संकटमोचन गर्न चीनले हात बढाएको हो ।

पाकिस्तानका अर्थमन्त्री इशक डारले चीनबाट आर्थिक सहयोग पाएको पुष्टि गरेका छन् । ‘चाइना डिभलोपमेन्ट बैंकबाट स्टेट बैंक अफ पाकिस्तानले ७० आज ७० करोड डलर पाएको छ,’ उनले ट्वीट मार्फत जानकारी दिए । त्यसपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले विशेष मित्र चीनलाई धन्यवाद दिए । चीनको यो सहयोगलाई कहिले पनि नबिर्सने उनले एक सुरक्षा बैठकलाई सम्बोधन गर्ने क्रममा बताए ।

अन्तर्राष्ट्रिय मुद्रा कोष बाट सहयोग प्राप्त गर्नका लागि पाकिस्तान र कोषका अधिकारीहरू बीच भर्चुअल माध्यम बाट कुराकानी चलिरहेको छ ।

footer