kumari
stcnepal

पपुवा न्यूगिनीलाई नेपालले ३ विकेटले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले पपुवा न्यूगिनीलाई ३ विकेटले हराएको छ । पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले अन्तिम २ ओभर बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा आसिफ शेख र सन्दीप लामिछानेको साझेदारी निर्णायक रह्यो । खराब सुरुवात गरेको नेपालले १०५ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो । एकपछि अर्को ब्याट्सम्यान आउट हुँदा पनि ओपनर आसिफ क्रिजमा टिकिरहेका थिए । नवौं नम्बरमा आएका सन्दीपले आसिफलाई बलियो साथ थिए । दुबैले आठौं विकेटका लागि अजितित ७७ रनको साझेदारी गरे । आसिफ ८६ र सन्दीप ३५ रनमा अविजित रहे । आठौं विकेटका लागि ७७ रनको साझेदारी नेपालको अहिले सम्मको धेरै हो ।

footer