kumari
stcnepal

कुशल भुर्तेलले युएई बिरूद्धको खेल गुमाउने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत सोमबार हुने घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई) सँगको खेल गुमाउने भएका छन् । भुर्तेल ग्रोइन समसम्याका कारण उनी टिम बाट बाहिर रहेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

भुर्तेलको स्थानमा अन्तिम १४ जनाको टोलीमा सन्दीप जोरालाई टिममा राखिएको क्यानले जनाएको छ । १५ सदस्यीय नेपाली टोलीमा समावेश भएका जोरा १४ जना भित्र थिएनन् । भुर्तेल टिमबाट बाहिरिएपछि अब नेपालको ओपनिङ जोडीमा समेत परिवर्तन हुनेछ । यसअघि ओपनिङ गरिसकेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आसिफ शेख सँगै नेपालको ओपनिङ गर्ने सम्भावना छ ।

 

footer