kumari
stcnepal

विश्वकप लिग -२ आज नेपालले युएई सग अन्तिम खेल खेल्ने

काठमाडौं ।युएईमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले आज घरेलु टोली युएईको सामना गर्दैछ

दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली युएई सँग हुने खेल नेपाली समयअनुसार बिहान ११:४५ बजेबाट सुरु हुनेछ । नेपाल र युएईले एक अर्का विरुद्ध खेल्दा दुबैको लिग–२ मा समान ३२ औँ खेल हुनेछ । आजको खेलमा युएई विरुद्ध जित हात पारे नेपाल लिग–२ को पाँचौ स्थानमा उक्लिने छ ।

सिरिजको तेस्रो खेलमा आइतबार युएईले पपुवा न्यूगिनी सँग पराजित भएपछि युएई ३१ खेल बाट ३१ अंकमै सिमित हुनु परेको थियो । अंक तालिका अनुसार युएई पाँचौ तथा नेपाल चौथो स्थानमा रहेका छन् । आजको खेलमा जित हात पारे नेपालको ३२ अंक हुनेछ र नेपाल पाँचौ स्थानमा उक्लिनेछ ।

footer