kumari
stcnepal

नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

काठमाडौं । भीम सार्कीले एकदिवशीय अन्तर्राष्ट्रिय करिअरको पहिलो अर्धशतक सहित सर्बाधिक ७० रन बनाउँदा आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको अन्तिम खेलमा नेपालले यूएईसामू २३० रनको लक्ष्य पेश गरेको छ । दुवई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा घरेलु टोली विरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालको मध्यक्रमले संहालिएर खेल्दा निर्धारित ओभरमा ८ विकेट गुमाएर २२९ रनको योगफल खडा गरेको हो ।

कुशल भुर्तेल ग्रोइन इन्जूरीका कारण खेल्न नसक्ने भएपछि नेपालले ओपनिङ जोडी परिवर्तन गरेको थियो । ज्ञानेन्द्र मल्ल र आसिफ शेखको ओपनिङ जोडी प्रभावकारी देखिएन । पावरप्ले (१० ओभर) भित्रै नेपालले दुवै ओपनरलाई गुमाइसकेको थियो । ज्ञानेन्द्रले ११ रन बनाउँदा पपुवा न्युगिनी सँगको खेलमा ८६ रनको पारी खेल्दै टिमलाई जिताएका आशिफ ६ रनमै आउट भए ।

footer