kumari
stcnepal

पपुवा न्युगिनी लाई दियो नेपालले २९८ रनको विशाल लक्ष्य

काठमाडौं ।ओपनर आसिफ शेखको शतक प्रेरित आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई २ सय ९८ रनको विशाल लक्ष्य दिएको छ ।कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ५ बल बाँकी रहँदा अलआउट हुँदै २ सय ९७ रनको योगफल तयार पार्‍यो । जुन नेपालले एक दिवसीय क्रिकेटमा हालसम्म बनाएको सबैभन्दा ठूलो योगफल हो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक १ सय १० रनको शतकीय इनिङ खेले । उनले पहिलो विकेटका लागि कुशल भुर्तेल सँग १ सय १० रनको साझेदारी गर्दै १ सय १० बलमा १२ चौका र २ छक्का प्रहार गरे । आसिफले पाँचौं विकेटका लागि कप्तान रोहित पौडेल सँग शतकीय साझेदारी गरेका थिए ।

कुशल ५६ बलमा ६ चौकासहित ४५ रनमा आउट हुँदा रोहित ३९ बल खेल्दै २ चौका र एक छक्काको मद्दतमा ३० रन बनाएर पभेलियन फर्किएका थिए ।

 

footer