kumari
stcnepal

नेपालले दियो युएईलाई २४९ रनको लक्ष्य

काठमाडौं ।आईसीसी विश्वकप लिग–२ अन्तर्ग अहिले जारी खेलमा नेपालले युएईलाई २४९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४९ ओभर दुई बल खेल्दै सबै विकेट गुमाएर २४८ रन बनाएपछि नेपालले युएईलाई २४९ रनको लक्ष्य दिएको हो ।

नेपालले आजको खेलमा निकै खराब सुरुआत गरे पनि अन्तिममा युएईलाई प्रतिस्पर्धात्मक चुनौति पेस गर्न सफल भएको थियो । नेपालका लागि अन्तिममा दिपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन बनाएका थिए । उनीसँगै मैदानमा रहेका गुल्सन झाले पनि ३२ बलमा ३७ रन बनाए ।

नेपालको ब्याटिङलाई सहज रुपमा समापन गर्ने क्रममा मध्यक्रममा रोहित कुमार पौडेलले ७७ रन बनाए भने भीम सार्कीले २९ र आरिफ शेखले ४३ रन बनाएका थिए । बलिङ तर्फ युएईका लागि आयान खान, जुहुर खान, रोहन मुस्तफा र जवफ फरिदले समान २–२ विकेट लिएका थिए।

footer