kumari
stcnepal

आईसीसी लिग २ आज नेपाल र पपुवा न्युगिनी बिच खेल हुदै

आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ।  पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे पीएनजी विरूद्ध दोस्रो खेल खेल्न लागेको हो। विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नुपर्ने हुन्छ। सोही लक्ष्यका साथ आज नेपाल मैदान उत्रन लागेको हो।

लिग–२ को शीर्ष तीनमा रहन नेपाललाई शृंखलाका दुवै खेलमा जितको आवश्यकता छ। आइतबार युएईलाई पराजित गरेसँगै एकदिवसीय मान्यता भने आगामी चार वर्षका लागि सुनिश्चित गरेको थियो। नेपालले विश्वकप लिग टूको अन्तिम खेल चैत २मा यूएई सँग खेल्नेछ। नेपाल, युएई र पिएनजी बीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तिम सिरिज हो। सात टिम बीचको लिग-२ को अन्तिम सिरिज बाट विश्वकप छनोट, एकदिवसीय मान्यता र विश्वकप क्वालिफायर प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ।

आज जित हात पा रेसँगै अब बाँकी रहेका दुई खेलमा जित निकाले नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देश बीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ। लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ। लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ। नेपालको ३४ खेलबाट ३६ अंक पुगेको छ। बाँकी दुवै खेल जिते नेपालले नामिबियालाई पछि पार्नेछ। नेपालको जितले अंक तालिकाको पाँचौ स्थानमा झरेको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ। युएई ३४ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ।  नेपाल सँगको हार सँगै युएईको लिग-२ बाटै एकदिवसीय मान्यता जोगाउने अवसर सकिएको छ। अब बाँकी रहेका दुवै खेलमा जित निकाले पनि अमेरिका सँग हेड टु हेडमा पछि रहेको युएई छैटौं स्थाममै सीमित हुनेछ।

नेपालले आइतबार युएईलाई पराजित गरे सँगै अमेरिकाको एकदिवसीय मान्यता भने लिग-२ बाटै जोगिएको छ। लिग-२ को अंक तालिकाको पुछारमा रहेको पिएनजीको ३४ खेलबाट ११ अंक छ।  लिग-२ बाट एकदिवसीय मान्यता जोगाउने असफल भएका युएई र पिएनजीका लागि विश्वकप क्वालिफायर प्लेअफबाट एकदिवसीय मान्यता जोगाउने अवसर भने हुनेछ।

footer