kumari
stcnepal

पपुवा न्यूगिनी माथि नेपालको कीर्तिमानी जित

काठमाडौं ।नेपालले पपुवा न्यूगिनी माथि कीर्तिमानी जित निकालेको छ । काठमाडौं स्थित टियु क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग ‘टू’ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) ९ विकेटले पराजित गरेको हो ।

पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३३ रन बनाएर आउट भए । अर्का ओपनर आसिफ शेखले ५३ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा अलआउट हुदै ९५ रन बनाएको थियो । नेपालले पहिलो पटक एकदिवसीय अन्तराष्ट्रियमा पहिलो पटक ९ विकेटको जित हात पारेको हो ।

जित सँगै नेपाल ३५ खेलबाट ३८ अंक जोड्दै चौथो स्थानमा रहेको छ । नेपालले अब लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा यूएई सँग बिहीबार खेल्नेछ । यस खेल जितेको खण्डमा नेपालले सिधा जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ ।

footer