kumari
stcnepal

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच मस्कोमा भेटवार्ता

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच मस्कोमा भेटवार्ता भएको छ । भेटमा सीले युक्रेन सँगको लडाइँ अन्त्य गर्न प्रस्ताव राखेका थिए । सो प्रस्तावमा रुसी राष्ट्रपति पुटिनले चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।

रुस–युक्रेन बीचको लडाइँ रोक्ने र शान्ति स्थापना गर्ने उद्देश्यले चिनियाँ राष्ट्रपति सी रुस भ्रमणमा गएको बताइएको छ । राष्ट्रपति सीले चीन र रुस राम्रो रणनीतिक साझेदार मुलुक भएको भन्दै यो सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने बताएका थिए । यसबाट रुस पनि समृद्ध हुने सीको भनाइ थियो । सीलाई स्वागत गर्दै पुटिनले भनेका छन्, ‘मलाई थाहा छ व्यक्तिगत रुपमा तपाईं र सबै चिनियाँ मित्रहरु अन्तर्राष्ट्रिय मुद्दाहरुमा निष्पक्ष र सन्तुलित दृष्टिकोण राख्नुहुन्छ ।’

उनीहरु बीच रुसको आगामी चुनावबारे पनि कुराकानी भएको थियो । सो क्रममा चिनियाँ राष्ट्रपति सीले पुटिनलाई आगामी राष्ट्रपति चुनावमा पनि जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका थिए । सीले भनेका छन्, ‘मलाई भरोसा छ कि रुसका जनताले राम्रो कामका लागि तपाईंलाई समर्थन गर्नेछन् ।’

footer