kumari
stcnepal

मौसमको पूर्व अनुमान : आगामी तिन दिन सम्म देशका उच्च पहाडी भु-भागमा चट्याङ सहित हल्का बर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशको पहाडी भूभागमा भने छिटफुट वर्षा हुनेछ ।

राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।शुक्रबार भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति भने गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ । यो क्रम शनिबार पनि जारी रहने महाशाखाले जनाएको छ ।

footer