तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हरेक नेता अँध्यारा छन्, जुविलियन कोही छैन

754
shares

राजन कार्की

बिर्सियो, भर्जिनराष्ट्र नेपालमा भाँडभैलो गर्नुमा सफलता देख्ने भारतले इतिहास बिर्सियो । इतिहासमा हिन्दुस्तान पनि षडयन्त्र, धोखा र अपराधको साम्राज्य सावित भएको थियो । बृटिस शासनको समयमा भारतवर्षमा हैदर अली, टिपु सुल्तानजस्ता राष्ट्रवादी शासकहरू थिए । तर तिनको चाकडी गरेर र चाप्लुसीको बलमा शेख हयासजस्ता व्यक्ति अमीर (प्रधानमन्त्री) हुन पुगे । शेख हयास टिपु सुल्तानका सामु “आपके पैर तले मेरा जन्नत है” भन्थे । अन्ततः यिनै चाकर शेख हयासले बृटिसको दलाली गरेर मालिक टिपु सुल्तानलाई धोखा दियो । त्यो भारत बृटिश उपनिवेशमा परेपछि ९० वर्षको सङ्घर्ष गर्नुप¥यो, तब बृटिशले इण्डिया छाडेर गयो । आजको भारतले बिर्से पनि भारतको स्वतन्त्रताका लागि नेपालीले पनि ज्यानको बाजी लगाएका थिए । भारतका शासकलाई सम्झना छैन भने १९४७ अघिको इतिहास पढुन् ।

त्यो भारतले नेपालमाथि सधैँ हस्तक्षेपकारी दबाब सिर्जना गर्नु उचित हुनसक्छ ? भारतलाई थाहा छ– भारतीय प्रतिनिधि वेदान्ताचार्य कर्ण सिंहलाई साक्षी राखेर २०६३ साल वैशाख ११ गते संसद पुनःस्थापना गरिएको हो । त्यो भारतले राजासँगै सपथ खाएका गिरिजाप्रसाद कोइरालालाई कार्यवाहक राष्ट्राध्यक्षको मान्यता दिनुहुन्छ ? सत्य के थियो, घटना के भयो ? यसबारेमा न वेदान्ताचार्य कर्ण सिंह बोल्छन्, न भारत बोल्छ ? नेपालमा भारत स्वतन्त्र भएदेखि नै शेख हयासको भूमिकामा छ ।

दुवै ठूला छिमेकीको स्वार्थ र सक्रियता, पश्चिमासमेत प्रवेश गरेपछि वर्तमान नेपालमा षडयन्त्र, धोखा र अपराधको सिलसिला बढ्दै गयो । जलेर बेकम्मा भइसकेका नेतारुपी लाइम लाइटहरू अझै बल्छ कि भनेर विश्वास गर्ने नेपाली कति सोझा ? स्वार्थ पूरा हुन्छ भनेर जलेका लाइमलाइटलाई मतियार बनाउन पल्केका विदेशीहरू खतरनाक बनिरहेछन् । नेपालीले अबेर गर्नुहुन्न– जलेका लाइमलाइटहरू अब फाल्नुपर्छ ।लेख्न त जनादेशको मसीले नै लेखेको संविधान हो । स्वार्थको मसीले लेखेको संविधान स्वार्थका सामु झुक्यो । जसले ठड्यायो संवैधानिक घण्टाघर, समयको आवाज उनैले सुनेनन् । समयको प्रतिनिधित्व गर्न नसक्ने पनि संविधान हुन्छ ?

२०७२ माघ १८ गते, संविधान जारी भएको साँढे चार महिनापछिको अन्नपूर्ण पोष्टमा एमालेका अध्यक्ष केपी ओलीको अभिव्यक्ति छापियो । ‘माओवादीलाई १० अर्ब दिएर संविधान लेखियो, त्यसअघि माओवादीलाई २ अर्ब ३ करोड दिएकै हो ।’ यही सन्दर्भमा माओवादीकै डा.बाबुराम भट्टराईले ‘लडाकुको नाममा दिएको ३ अर्ब प्रचण्डले खाएका हुन्, जुन मुद्दा अख्तियारमा आलै छ ।’ त्यसपछि पनि भट्टराईले भनेका छन्– ‘बुढी गण्डकीको नाममा ९ अर्व ३ पूर्व प्रधानमन्त्रीले बाँडिचुँडी खाए, प्रमाण मसँग छ । प्रमाण दिन नसके झुण्डिएर मर्छु ।’ यो अभिव्यक्ति युट्युवमा हेर्न सुन्न सकिन्छ । यी बेहोरा नभएकाहरूका लागि संविधान र लोकतन्त्र भनेको राष्ट्रिय ढुकुटी मगन्तेका लागि भण्डारा खोलेजस्तो भएन त ? राणाकालमा भाते पाठशाला थियो, लोकतन्त्र भाते पाकशाला बन्यो । भातेमा स्वाभिमान हुने भए राजा फाल्नैपर्छ भन्ने एकजना भाते पाठशालाबाट हुर्केको प्रजातान्त्रिक बाहुनचरी, आजकल राजा नभएर देश बिग्रियो भन्न थालेका छन् ।

इतिहासमा लेखिएको छ– भारत वर्षको सारजहाँ शासनकालमा अमरसिंह राठोरजस्ता कर्मठ राष्ट्रवादी सेनापति थिए । सम्राटको नजिक खतरनाक चाकरीदारको कमी थिएन । राठोरजस्ता इमान्दारलाई नसिध्याए स्वार्थ सिद्ध नहुने भएपछि एक दिन चाप्लुसहरूले सेनापति अमरसिंह राठोरलाई सम्राटले गोप्य मन्त्रणा गर्न बोलावट भएको गलत सूचना दिए र पछाडिको भ्mयालबाट जान खबर गरे । दरवारको पछाडिको भ्mयाल चढ्न लागेका बेलामा सम्राटका चाप्लुसहरूले तरबार हानेर राठोरको हत्या गरिदिए ।

१९०३ को कोतपर्व होस् कि २०४६, २०५८, २०६३ का परिवर्तनहरूमा दरवार बिग्रेकै स्वार्थी चापलुसहरूका कारणले हो । मनमोहन अधिकारी बाहेक शासकहरू विदेशीका सामु झुकेरै देश बिग्रेको हो । यस्ता घटनाहरू इतिहासले टिपेको छ ।म त महाराजा भनेर भारत भ्रमणका बेलामा २१ तोपको सलामी खाने अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर राणा । उनलाई भारतले राजदूत चन्द्रेश्वर प्रसाद नारायण सिंहको हाराहारीमा राखेर १९५० को सन्धि गर्न बाध्य पारिदियो । यसरी अपमानित भएर पनि मोहन शमशेरले राणा शासन बचाउन सकेनन् । १२ बुँदे दिल्ली सम्झौता गर्नेहरूलाई भारतले तिनको हैसियत सहसचिव स्तरकै हो भन्ने कुरा र प्रमुख सामन्त गोयलसँग २०७७ मंसिरमा गोप्य दर्शनभेट गराएर प्रष्ट पारिदियो ? विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले सन २०२० नोभेम्बर २ मा नेपाल आउँदा यिनलाई किन वास्ता गर्थे ?

सोझा नेपालीलाई झुक्याउने नेताहरू कूटनीतिमा स्थापित प्रमाणहरू पढ्दैनन् । १९५० को सन्धिबारे कुरा उठ्न थालेपछि नेहरूले आफ्ना विदेश सचिवलाई समयानुकूल बनाउन होमवर्कका लागि अह्राएका थिए । यो कुरा अबतारसिंह भासिनको नेपाल–भारत, नेपाल–चीन पुस्तकमा लेखेका छन् । हुनसक्छ, यो समयानुकूल भनेको हिमालयसम्ममा भारतीय सीमा विस्तार पनि हुन सक्थ्यो । नेपालले ध्यान दिन सकेन, नेपालले आजसम्म पनि त्यो सन्धि फेर्ने साहस गरेन । ७२ वर्ष पछि पनि भारतले त्यही सन्धिले नेपालको गाला चड्काइरहेको छ, हामी लोकतन्त्रवादी भन्नेलाई चेत छैन ।

जनयुद्धकाल तुवाँलोको पर्खाल थियो, जनआन्दोलन धुवाँको पर्खाल बन्यो । धुवाँ र तुवाँलो छाँटिएपछि देखियो, राजनीतिका कमाण्डरहरूको स्वाधीनता त दयालाग्दा पो रहेछ । हरेक ठूला नेताहरू, पार्टीहरूको राष्ट्र र जनसेवा गर्छु भन्ने प्रतिवद्धता जनमत हासिल गरेर विदेशीको बकस खाने अक्किल पो रहेछ । बहुदलको ३३ वर्ष र लोकतन्त्रको १५ वर्षमा कुन चाहिँ नेतामा स्वाभिमान र नेपालीत्व देखियो ? जुटाउने र उफार्ने त अर्कै रहेछ । त्यो अर्कैका रणनीतिक लोकतन्त्रका लागि एक मत र एक शक्ति बनेका दलहरू, नागरिक समाज र अन्य शक्तिहरूको जुट, गुट र फुट कति बेला हुन्छ, ठम्याउनै सकिन्न । गणतन्त्रका लागि चारै दिशा बाँध्ने तत्वले गणतन्त्र आउनासाथ फुक्काफाल छाडिदियो । अस्थिरता र अराजकता फैलाइदियो । जसरी आयो, लोकतन्त्र आयो, गरिमा र महिमा, अनुशासन र सीमा कायम हुन नसक्दा मर्नथाल्यो । बसन्त पर्व वर्वादीको कोपभाजनमा पर्दैगयो । ताजा दृश्यहरू भावशून्य र हृदयशून्यहरूको भीडमात्र देखिन्छ । ग्रीककालीन कालखण्डमा जस्तो हाम्रा शासनाधिकारीहरू त्रासदीका खलनायक बनेका छन् ।

यस्ता खलनायकलाई कसरी लोकतन्त्रको नायक भन्नु ? बढेको वैराग यही हो । बर्लिनको पर्खाल ढल्यो, नेपालमा बढ्दो बाह्य दबाब र षडयन्त्र, आन्तरिक स्वार्थन्ध दन्तबजानको धुवाँ र तुवाँलोको अग्लदो पर्खाल ढाल्ने कसले ? संविधान र लोकतन्त्र असफल भइसक्यो । असफलतालाई सफलता भन्दैमा ढाँटेको कुरा काटे मिल्ला र ?परिवर्तनका दृष्टान्त र राजनीतिक इतिहास भन्छ– अधुरो कार्यसूचीका कारण चर्चिल र गान्धी जोखिममा परे, गान्धीको त ज्यान नै गयो । नेहरू र जयप्रकाश नारायणको अन्त्य परिणति कष्टप्रद भयो । नेपालको सन्दर्भमा वीपी कोइराला अधुरो कार्यसूची बोकेर बिते । मदन भण्डारी र वीरेन्द्र–ज्ञानेन्द्रको राजकाज पनि अधुरो कार्यसूची नै हो । दुर्दान्त नियतिका मूकसाक्षीहरूलाई वर्तमानको ऐनामा हेर्दा शान्ति र संविधान, सहमति र स्वाधीनताका रचनाकर्ताहरू धुवाँभित्र अलमल, अलपत्र छन् । जुविलियन कोही छैन ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports