kumari
stcnepal

प्रधानमन्त्री र सभामुख घिमिरे बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरे बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा केही महत्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीका सचिवालयका अनुसार सदनका काम कारबाहीलाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरे बीच छलफल भएको हो । सङ्क्रमणकालीन न्याय सँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा सङ्घीयता कार्यान्वयन सँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधन लगायतका विषयमा पनि त्यस अवसरमा छलफल भएको बताइएको छ ।

सभामुखको अधिकार कटौती गर्न कार्य व्यवस्था समितिको परामर्श चलिरहेका बेला प्रधानमन्त्री र सभामुखको भेट भएको हो । प्रतिनिधिसभा नियमावलीको मस्यौदामा सभामुखको अधिकारमा कार्य व्यवस्था समितिको परामर्शका नाममा अंकुश लगाउन खोजिएको छ ।

footer