kumari
stcnepal

भारतीय क्रिकेट खेलाडीहरूले बार्षिक कति तलव पाँउछन ?

क्रिकेट कन्ट्रोल बोर्ड अफ इन्डिया (बिसिसिआई) ले २०२२-२३ सिजनको लागि पुरूष टोलीको लागि वार्षिक खेलाडी सम्झौता घोषणा गरेको छ। सिजनको लागि अलराउन्डर रविन्द्र जडेजा, अक्षर पटेल र हार्दिक पाण्ड्याले अघिल्लो सिजन भन्दा आफ्नो ग्रेड सुधार गरेका छन्।

बिसिसिआईको अनुबन्धन सूचीमा चार ग्रेड छन्। जसमा ‘ए प्लस’ ग्रेडका खेलाडीलाई बार्षिक तलब ७ करोड भारू (११ करोड २२ लाख रूपैयाँ बढी), ‘ए’ ग्रेडका खेलाडीलाई ५ करोड भारू (८ करोड रूपैयाँ), ‘बी’ ग्रेड खेलाडीलाई ३ करोड भारू (४ करोड ८० लाख रूपैयाँ) र ‘सी’ ग्रेड खेलाडीलाई १ करोड भारू (१ करोड ६० लाख रूपैयाँ) प्रदान गरिन्छ।

जडेजा आइसिसी पुरूष टेस्ट अलराउन्डरको वरीयतामा शीर्ष स्थानमा छन्। उनी ए ग्रेडबाट ए प्लेड ग्रेडमा पुगेका छन्। हार्दिक र अक्षरलाई ए ग्रेडमा बढुवा गरिएको छ। यसअघि ग्रेड बीमा रहेका अजिन्का राहाणे र इशान्त शर्मालाई अनुबन्ध गरिएको छैन। भुवनेश्वर कुमार, मयंक अग्रवाल, हनुमा विहारी, ऋद्धिमान साह र दीपक चाहरलाई पनि सूचीबाट हटाइएको छ। इशान किशन, दीपक हुडा, कुलदिप यादव, सन्जु सामसन, केएस भरत र अर्शदीप सिंह सँग पहिलोपटक केन्द्रीय सम्झौता गरिएको छ।

केन्द्रीय सम्झौता सिजन २०२२-२३

ग्रेड ए प्लस : रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह, रविन्द्र जडेजा

ग्रेड ए : हार्दिक पाण्ड्या, रविचन्द्रन आश्विन, मोहम्मद शामी, ऋषभ पन्त, अक्षर पटेल

ग्रेड बी : चेतेश्वर पुजारा, केएल राहुल, श्रेयस अय्यर, मोहम्मद सिराज, सूर्यकुमार यादव, शुभमन गिल

ग्रेड सी : उमेश यादव, शिखर धवन, शार्दुल ठाकुर, इशान किशन, दीपक हुडा, युजवेन्द्र चहल, कुलदीप यादव, सञ्जु सामसन, वाशिंगटन सुन्दर, अर्शदीप सिंह, केएस भरत

footer