kumari
stcnepal

होला त मन्त्रिपरिषद्को बिस्तार भोली ?

सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच भोलि बेलुकासम्ममा क्याविनेट विस्तार गर्ने सहमति जुटेको छ । आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा भोलि दिउँसो चार बजे गठबन्धन दलको बैठक बोलाउने र निर्णय गर्ने समझदारी बनेको हो ।

एमाले र राप्रपाले सरकार छोडेपछि १६ वटा मन्त्रालय आफ्नो जिम्मामा लिएर सरकार चलाइरहनु भएका प्रधानमन्त्री प्रचण्ड तत्काल क्याविनेट बिस्तारको गृहकार्यमा हुनुहुन्छ । त्यसैका लागि आज उहाँले गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस सभापति देउवा र अर्को महत्वपूर्ण घटक एकीकृत समाजवादीका अध्यक्ष नेपाल सँग भागबण्डा बारे राय-परामर्श लिनुभएको हो ।

गठबन्धनका तीन ठूला दलबीच मन्त्रालय भागबण्डामा असहमति नभएपनि साना दलहरुलाई कसरी समेट्ने भन्ने विषयमा थप छलफल आवश्यक परेकाले आज हुने भनिएको क्याविनेट बिस्तार भोलिसम्म रोकिएको बुझिएको छ ।

footer