kumari
stcnepal

कस्तो होला आजको मौसम ?

काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले पहाडी भू-भागहरूमा आंशिक बदली भई बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा  चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम सहित  बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहने छ।  पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रबार भने देशका पहाडी भू-भागका साथै तराईका एक-दुई स्थानमा  पनि चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
footer