kumari
stcnepal

जनयुद्ध दिवस फागुन १ मा बिदा दिने निर्णय बिरूद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौँ ।सर्वोच्च अदालतले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय विरुद्धको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।

यसअघि सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले रिट दरपिठ गरेकामा निवेदकहरु अर्को रिट बोकेर सर्वोच्च पुगेकामा न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले दर्ता गर्न आदेश दिएको हो ।

सरकारले निर्णय विरुद्ध ज्ञानेन्द्र राज आरनसहित कल्याण बुढाथोकी, रिता कार्की, गंगामाया अधिकारी, पूर्णप्रसाद पौडेल लगायतले रिट दर्ता गराएका थिए।

footer