kumari
stcnepal

सरकार र मिटरब्याज पीडित संघर्ष समिति बीच दोस्रो चरणको वार्ता गृहमन्त्रालयमा जारी

काठमाडौं ।सरकार र मिटरब्याज पीडित संघर्ष समिति बीच दोस्रो चरणको वार्ता गृहमन्त्रालयमा जारी छ । विहीबार बिहान भएको पहिलो वार्ता निष्कर्षविहीन भएपछि आज बिहानदेखि दोस्रो चरणको वार्ता सुरु भएको हो । विहीबार साँझ नै दोस्रो चरणको वार्ता हुने भनिए पनि पीडित पक्षले तयारी नपुग्ने भन्दै आज बिहानसम्मको समय मागेका थिए । संघर्ष समितिका तर्फबाट वार्ता टोली सदस्य संघर्ष दाहालले दोस्रो चरणको वार्ताका लागि आफूहरु गृहमन्त्रालयमा रहेको बताए ।

वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फबाट संघर्ष समिति संयोजक मनोज कुमार पासवानले नेतृत्व गरेका छन् । विहीबारको वार्तामा संघर्ष समितिले ९ बुँदे माग सरकारी वार्ता टोलीलाई बुझाएको थियो । आज त्यसमा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुनेछ ।

footer