kumari
stcnepal

एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै लाओसलाई हरायो नेपालले

नेपालले लाओसलाई पराजित गर्दै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ। शुक्रबार दशरथ रंगशालामा भएको फाइनल भिडन्तमा लाओसलाई २-१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

नेपालका लागि आयुष घलान र मनिष डाँगीले गोल गरे। खेलमा लाओसले पहिले अग्रता लिएको थियो। खेलको १७ मिनेटमा लाओसले गोल गरेको थियो। फौथाभोङ साङभिलेको गोलबाट लाओसले अग्रता लिएको थियो।

सात मिनेटपछि नेपालले बराबरी गोल फर्कायो। २४ मिनेटमा आयुषले गोल गरे। उनलाई एरिक विष्टले डिबक्समा पास मिलाएका थिए।खेल सकिन तीन मिनेट बाँकी छदा नेपालले अग्रता लियो। नेपालका लागि मनिषले डिबक्सबाट उत्कृष्ट फिनिसिङ गरे। नेपाल र लाओससहित भुटान सहभागी प्रतियोगिताको लिग चरणमा नेपाल शीर्ष स्थानमा र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए।

 

footer