kumari
stcnepal

देशका यी भू-भागमा आज पनि बर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायु सँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। यो क्रा आइतबार पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

footer