kumari
stcnepal

मिटरब्याजी पिडित अर्को टोली काठमाडौँमा, माइतीघरमा बिरोध प्रदर्शन

काठमाडौं । मिटरव्याजपीडितको अर्को खेमा आन्दोलनका लागि काठमाडौं आएको छ । विभिन्न जिल्लाबाट आएका मिटरव्याजपीडितको अर्को टोलीले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलाबाट भद्रकाली सम्म विरोध र्‍याली गरेर उनीहरूले सिंहदरबार अगाडि कार्यक्रम गरेका छन् । यसअघि शनिबार सरकार र मिटरब्याजपीडित बीच समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सहितको पाँच बुँदे सहमति भएको थियो ।

सरकार सँगको सहमति फितलो रहेको भन्दै उनीहरूले आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । सरकारले एउटा समूहका पीडित सँग सहमति गरेको २ दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएर आन्दोलन सुरू गरेको हो । सोमबार काठमाडौंमा आएका मिटिरव्याजी पीडितहरूले मिटरव्याज विरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्ने लगायतका विभिन्न माग राखेका छन् ।

मिटरव्याज तथा ठगी विरुद्ध किसान-मजदुर मोर्चा लेखिएको व्यानरमा पीडितहरूले किसानको भूमि फिर्ता गर, फर्जी तमसुकका आधारमा भूमि लिलामी बन्द गर, मिटरव्याजीलाई कारबाही गर, झुटा आश्वाशन बन्द गर, उत्पिडित किसान एक हौं जस्ता नारा लगाएका छन् ।

footer