kumari
stcnepal

इमबोस्ड प्लेट नेपालीमै राखने मन्त्रिपरिषदको निर्णय, अब नेपालीमा नै प्लेट हुने

सरकारले सवारी साधनमा प्रयोग हुने सबै प्रकारका नम्बर नेपालीमा लेखिएको इम्बोस्ड नम्बर प्लेट जडानको व्यवस्था गर्ने भएको छ ।हाल बंगलादेशी कम्पनी डुकाटुर टाइगरले ठेक्का पारेर अंग्रेजीमा नम्बर प्लेट छापिरहेका बेला त्यसलाई नेपालीमा रूपान्तरण गर्ने प्रक्रिया अगाडि बढेको हो ।

इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने व्यवस्था गर्न सरकारले यातायात व्यवस्था ऐन नै संशोधन गर्ने निर्णय गरेको छ ।​

सोमवारको मन्त्रिपरिषद् बैठकले अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था परिवर्तन गरेर नेपालीमा राख्न निर्देशन दिने निर्णय गरेको छ । बैठकले ‘सवारी तथा व्यवस्था ऐन २०४९’ को अनुसूची २ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

यो स्वीकृति सँगै अहिले अंग्रेजीमा राखिँदैआएको इम्बोस्ड नम्बर प्लेटलाई अब नेपालीमा राख्ने गरी यातायात ऐन संशोधन हुने भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । शर्माले मंगलवार पत्रकार सम्मेलन गरेर चैत १०, चैत १४ र चैत २० गतेको मन्त्रिपरिषदले गरेका विभिन्न निर्णय सार्वजनिक गरेकी हुन् ।

footer