kumari
stcnepal

आजको मौसम: देशका पहाडी भू- भागमा चट्याङ सहित क्षणिक बर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने सामान्यतया मौसम सफा रहनेछ। भोलि पनि देशका पहाडी भू-भागमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यसपछि क्रमशः मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

footer