kumari
stcnepal

सरकार र मिटरब्याजी पिडित बीचको वार्ता सकारात्मक, भोली फेरी वार्ता हुने

काठमाडौँ – आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक भएको छ। सोमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पीडितहरु सँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता मृग नवीनले बताए।

उनले वार्तामा सरकारी वार्ता टोली र आफूहरुले आ–आफ्ना धारणा राखेको बताए। उनले मिटरब्याज अपराध छानविन समिति र पीडितबीच भएको पाँचबुँदे सहमतिका विषयमा छलफल गरेको बताए। उनले यसअघि पीडितहरु सँग यसअघि भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेस गरेका मागका बारेमा दोहोरो संवाद भए पनि सहमति हुन नसकेको जानकारी दिए।

उनले वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको बताए। उनले मंगलवार मिटरब्याजी पीडित संघर्ष समितिका संयोजकसहित वार्ता गर्ने गरी वार्ता सकिएको बताए।

footer