kumari
stcnepal

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । बैठक नयाँ बानेश्वर स्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने तय भएको संसद सचिवालयले जनाएको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभा बाट सन्देश सहित प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसैगरी सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

footer