kumari
stcnepal

आजको मौसम : उच्च पहाडी भूभागमा चटयाङ सहित हल्का बर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

आइतबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। वर्षाका गतिविधि कम भए सँगै डढेलोका घटनाहरूमा वृद्धि भइरहेको र यसले प्रदूषण समेत वृद्धि भइरहेको महाशाखाको भनाई छ।

footer