kumari
stcnepal

आज थपिए ९९ जना कोरोना संक्रमित,संक्रमितको संख्या बढदै

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ४ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै संस्थागत आइसाेलेसनमा ३७, आईसीयुमा ११ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ५० जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका ३७७ जना सक्रिय संक्रमित रहेका छन् ।

footer