kumari
stcnepal

आज यि प्रदेशहरूमा चट्याङ सहित हल्का बर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी पहाडी भूभागका १ वा २ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ । मंगलवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

नेपालमा वर्षाका गतिविधि कम भएसँगै डढेलोका घटनाहरू बढेको कारणले उपत्यका लगायत देशका धेरै भूभागमा तुवाँलोको सम्भावना रहेको र वायु प्रदूषणमा वृद्धि भइरहेको देखिन्छ । महाशाखाले मेघगर्जन, चट्याङ, हावाहुरी, डढेलो र प्रदूषणबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

मंगलवार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका १ वा २ स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जनाउँदै महाशाखाले उपत्यका लगायत देशका धेरै भूभागमा तुवाँलोको सम्भावना रहेको जनाएको छ ।

footer