kumari
stcnepal

आजको मौसम : देशका पहाडी उच्च भू-भागमा हल्का बर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आइतबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

footer