kumari
stcnepal

आजको मौसम : देशका अधिकांश स्थानमा बर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले छ।

footer