kumari
stcnepal

लिखत सम्बन्धी कसुरमा पत्रकार भण्डारी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले लिखत सम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लिखत सम्बन्धी कसुरमा गुल्मी इश्मा गाउँपालिका–४ घर भई काठमाडौँको कोटेश्वर बस्ने ४० वर्षीय पत्रकार मदनबाबु भण्डारीलाई शनिबार पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले लिखत सम्बन्धी कसुरमा पत्रकार भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ पत्रकार भण्डारी सुरक्षान्यूज डटकमका प्रबन्ध निर्देशक हुन् । भण्डारी विरूद्ध लिखत सम्बन्धी कसुरमा उजुरी परेको थियो । उजुरी परेपछि काठमाडौँ जिल्ला अदालत बाट अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रवक्ता रिजालले बताए ।

footer