kumari
stcnepal

आज थपिए ३२ जना कोरोनाका संक्रमित

काठमाडौँ । देशभर थप ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ९६४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधि बाट ८ जना एन्टिजेन विधि बाट २४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप १२ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै देशभर पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १३३ पुगेको छ ।

सक्रिय सङ्क्रमित मध्ये २० जना संस्थागत आइसोलेसनमा, आईसीयूमा ८ जना तथा भेन्टिलेटरमा १ जना उपचाररत छन् । नेपालमा महामारी सुरु भएयता १२ हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् ।

 

footer