kumari
stcnepal

आज थपिए ३० जना कोरोनाका संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३० नमुना मध्‍ये ८२० जनाको पीसीआर परीक्षण गर्दा १० जना र ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी ३० जनामा कोरोना देखिएको हो ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या १२० पुगेको छ भने संस्थागत आईशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् । बिहीबार मात्रै ३१ जना कोरोना बाट निको भएर घर फर्किएका छन् ।

footer