kumari
stcnepal

काठमाडौं महानगरले ल्यायो २४ सै घण्टा नि :शुल्क एम्बुलेन्स सेवा

काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अब २४ सै घण्टा निशुल्क एम्बुलेन्स सेवा पाइने भएको छ ।महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंमा २४ सै घण्टा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

साहले सामाजिक सञ्जाल मार्फत निशुल्क सेवा पाइने जानकारी दिएका हुन् । ‘काठमाडौँ भरि २४ घण्टा नै १०२ मा कल गरेर नि:शुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन,’ उनले लेखेका छन् ।

 

footer