kumari
stcnepal

आजको मौसम : पहाडी भू- भागमा हल्का बर्षा ,देशभर तापक्रम बढने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागको एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । पछिल्लो समय देशभरको तापक्रम बढेकोले गर्मीबाट बच्न सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

footer