kumari
stcnepal

आज जिल्ला अदालत काठमाडौंमा टोपबहादुर रायमाझी र उनका छोराको थुनछेकको बहस हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा भइरहेको थुनछेक बहसमा आज पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझी र उनका छोराको तर्फबाट बहस हुने भएको छ । अभियोगपत्रको क्रमअनुसार सुरु भएको बहसमा अब टोपबहादुर र उनका छोरा सन्दीप रायमाझी रहेको पालो छ । पूर्वउपप्रधानमन्त्री रायमाझी र उनका छोराको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमेश बडाल सहितको टोलीले बहस गर्नेछ ।

टोपबहादुरले सहभियुक्त सानु भण्डारीबाट नेपाली नागरिकलाई भुटानी शरर्णार्थी बनाई अमेरिका पठाउन १ करोड ६० लाख लिएको अभियोगपत्रमा दाबी छ । त्यस्तै भण्डारीबाटै उनका छोरा सन्दीपले ४० लाख लिइको दाबी गरिएको छ । आइतबारबाट सुरु भएको थुनछेक बहसमा मंगलबारसम्म आठ सरकारी वकिलले बहस गरेका थिए । उनीहरूले प्रत्येक प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्नु पर्ने माग गर्दै बहस गरेका छन् । उनीहरूको बहस सकिए सँगै बुधवारबाट अभियुक्तहरूको बसह सुरु भएको हो ।

अभियुक्तहरूको तर्फबाट आज थुनछेक बहसको तेस्रो दिन हो । हालसम्म ६ अभियुक्तको तर्फबाट बहस सकिएको छ । अभियुक्तहरु केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंक गुरुङ र ईन्द्रजीत राईको बहस सकिएको हो ।

footer